सुचना, समाचार र मनोरन्जन

स्मीताको ‘आँखा’मा छल्कियो सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथा

काठमाडौं :

यहि असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनि लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन्। काठमार्डौको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठान गरेको देख्न सकिन्छ। सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्यो बीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ।

Chaka Panja

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह(निर्मातामा रेनुका कार्की ढोली छिन् । फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ। आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ ।

फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ। फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ। यसअघि यो फिल्मको टिजर र गीत सार्वजनिक भइसकेका छन्। दुवैलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेको प्रष्ट देख्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.