मुम्बई :
बलिउड अभिनेता आमिर खान ६० औं जन्मदिनको छेको पारेर आफ्नो प्रेमिका रहेको खुलासा गरेका छन्। उनले बर्थडे पार्टीमा नयाँ प्रेम सम्बन्धको खुलासा गरेका हुन्।
उपस्थित भएका साथीभाई र आफन्तका अगाडि गौरी स्प्राट नामकी एक महिलालाई चिनाउदै उनले उनी आफ्नो प्रेमिका बताए। आमिरको कुरा सुनको अधिकांश चकित परेका थिए। उनका साथीभाई मात्रै होइन यतिबेला उनका प्रशंसक र बलिउड जगत नै चकित परेका छन्। १८ महिनादेखि गौरीसँग डेटिङ गरिरहेको समेत आमिरले सुनाएपछि यतिबेला भारतिय मिडियामा समाचारको मसला बनेको छ।
आमिरले आफ्नो प्रेमिका भनिएकी गौरी बैंग्लोरमा सैलुन व्यवसाय सञ्चालन गर्दै आएकी रीता स्प्राटकी छोरी रहेको भारतिय मिडियाले उल्लेख गरेका छन्। ब्लु माउण्टेन स्कुलमा पढेकी गौरीलेसन् २००४ मा लण्डनको युनिभर्सिटी अफ आट्र्समा फेसन डिजाइन, एफडीए स्टाइलिङ र फोटोग्राफी कोर्स अध्ययन गरेकी थिइन्।
धेरै समय बैंग्लोरमा बसेकी उनी पछिल्लो समय मुम्बईमा बीब्लन्ट नामक सैलुन संचालन गर्दै आएकी छन्। गौरी र आमिर १८ महिना यता नजिकिएका हुन्। त्यसअघि उनीहरुको प्रेम सम्बन्ध रहेको भारतिय मिडियाको भनाई छ। गौरी एक ६ वर्षिय सन्तानकी आमा समेत हुन्। पछिल्लो समय आमिर खानको फिल्म ‘सितारे जमिन पर’को प्रमोसनमा समेत जुटेका छन्। यो यसअघिको हिट ‘तारे जमिन पर’को दोस्रो श्रृंखला हो।