सुचना, समाचार र मनोरन्जन

‘अञ्जिला’ निर्माण टिमको दाबी : फिल्मको पहिलो तीन दिनको कलेक्सन २ करोड ७ लाख

काठमाडौं :

गत बिहीबार रिलिज भएको फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार फिल्मले २ करोड ७ लाख व्यापार गरेको हो।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा २ करोड ७ लाख भएको बताए। फिल्मले आइतबार पनि राम्रो व्यापार गर्न सफल भएको वितरक करण श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहानीका शो हरुमा केही कम दर्शक देखिएता पनि दिउसो र साँझपखका प्रायः शोहरू हाउसफुल रहेको छ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म हो। फिल्ममा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्। त्यस्तै फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.