Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अरुण क्षेत्रीले अटिजम भएको क्यारेक्टरकै रूपमा अन्तर्वार्ता,दर्शकहरू साँच्चैको रियल क्यारेक्टर हो कि भनेर झुक्किए
- अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
- सय वर्षअघिको नेपाली समाजको कथा बोकेको ‘यो कथा होइन’ सिरिज घोषणा
- काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेजमा सूचना प्रविधि स्नातक कार्यक्रम
- भारतमा चिया निर्यात नियमित
- राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
- जेनजी आन्दोलनमा क्षति भएको बगैँचा रिसोर्ट तथा स्पा पुन: सञ्चालनमा
- ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
- आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
- पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ,
जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । छन् ।
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा रु एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ ।
प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई रु एक करोड १६ लाख बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
यसैगरी, काठमाडौँ महानगरपालिका २६ ठमेलबाट रु १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।
Prev Post