सुचना, समाचार र मनोरन्जन

आर्यन सिग्देलको ‘पुजार सार्की’मा आफ्नै पिताको नक्कल

काठमाडौं :

अभिनेता आर्यन सिग्देलले अभिनय गरेको फिल्म ‘पुजार सार्की’प्रदर्शनको संघारमा छ। उनी आफ्नो फिल्मको बारेमा जानकारी दिन भएभरका मिडियामा दौडिरहेका छन्। यही जेठ १० गतेबाट रिलिज हुने यस फिल्ममा उनी पहिलोपटक ब्राह्मण चरित्रमा देखिँदै छन्।

आर्यन ब्राह्मण समुदायको र उनका बुबा थानकोटका पण्डित हुन्। बुबा पण्डित्याई गरे पनि उनले बुबो पेशामा मन घुमाएनन्। उनले यसबारेमा अलिक फरक धारणा राखेका छन्।

उनी भन्छन्,‘म आउट अफ ट्र्याकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु।’

उनी आफुले नगरेको पेशाकै भुमिकामा फिल्म ‘पुजार सार्की’मा देखिएपछि उनको धारणा केहि फरक छ। उनलाई पण्डित बनाउनका निम्ती उनको बुबाको तस्विर हेरेर चित्रण गरिएको थियो। आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ भन्दा फरक पर्दैन। किनभने फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। सोही तस्विरलाई आधार मानेर फिल्मका पात्रहरू मिलाउने काम निर्देशक राउतले गरेका छन्।

क्यारेक्टरका बारेमा आर्यनले पत्रकारसँग कुराकानी गर्दै भने,‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुप¥यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो।;

फिल्ममा गरेको क्यारेक्टमा भने उनलाई गाह्रो भएको रहेछ। उनले आफ्नो लुक्समा मेहनत गर्न नपरेता पनि क्यारेक्टरमा भने परेको बताए।
उनले फिल्ममा क्यारेक्टरको गहिराईमा पर्दाको सम्झना गर्दै भने,‘क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो।’

उनले गरेको लुक्सलाई उनका बुबाले पनि हेरेका रहेछन्। समाचार बनेर बाहिर आएपछि उनका बुबा समेत खुसी भएका रहेछन्। आर्यनले भने,‘निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो।’

फिल्मको ट्रेलर हेर्ने हो भने उनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली रहेकी छन्। यसैबीचको कथामा फिल्म बहेको अनुमान लगाउन सकिन्छ। आर्यन फिल्मको बारेमा आफ्नो चरित्र निकै चुनौतीपूर्ण लाग्दो रहेको बताउँछन्। उनी अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी रहेको बताउँछन्।

‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको आर्यनले चाहेर या नचाहेर सो ट्याग फेर्न कोसिसमा छन्। उनले यसअघि फिल्म ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा काम गरेका थिए। जुन फिल्म बक्स अफिसमा असफल भएको थियो। अब ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा आर्यन देखिएका छन्। दिनेश राउतको निर्देशन,विकास सुवेदीको लेखनमा निर्माण भएको यस फिल्ममा आर्यनका अलवा पल शाह,प्रदीप खड्का,अञ्जना बराईली,प्रकृति लिम्बू लगायतको अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.