सुचना, समाचार र मनोरन्जन

मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक

काठमाडौं :

गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ। गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ। राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ। गीत म्यूजिक क्लाउड स्टुडियो कमलादीमा रेकर्ड गरिएको हो ।

डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन्। मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने कुरा उल्लेख गरेकी छन् ।

Chaka Panja

भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, मनिक तामाङको आर्ट, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ। भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

एलबम ‘मल्लिका’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदितनारायण झासँग गाएको गीत ‘लाजको लाली पोतेर आइदेऊ न’ बाट श्रोता दर्शकमाझ चिनिइन्। यसपछि उनले ‘यति धेरै मान्छेहरुको भीडमा’, ‘तिमीले नसम्झिँदा माया’, ‘जति टाढा भो, उति गाढा भो’, गायक कुमार सानुसँगको ‘नयाँ जीवन’ जस्ता गीत बजारमा ल्याइन् ।

Leave A Reply

Your email address will not be published.