सुचना, समाचार र मनोरन्जन

अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो : रवि काफ्ले 

काठमाडौं :

मानिसहरु आफ्नो पेशा भन्दा फरक कुराको पनि अनुभव बटुल्न चाहान्छ। त्यहि भएर इन्जिनियरका रुपमा काम गरिरहेका रवि काफ्ले फिल्ममा भित्रिए । उनी अनमोल अभिनित फिल्म ‘फर्की फर्की’मार्फत फिल्ममा डेब्यु गरेका छन्। जुन फिल्म यही जेठ १० गतेबाट रिलिज हुँदैछ। उनी फिल्म ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन्।

उनका अनुसार फिल्ममा आउनुमा उनको साथीको भुमिका महत्वपुर्ण रहेको छ। उनले आफ्ना अनुभव सुनाउँदै भने साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङसँग भेट भएको थियो। सोही अनुसार फिल्मका लागि अडिसन दिएपछि ‘फर्की फर्की’का लागि छानिएको हो।

उनले फिल्ममा आउने भएपछि फिल्मका बारेमा प्राविधिक ज्ञान समेत लिएका छन्। सानैबाट अभिनयमा रुचि भएका रविले यस फिल्ममा आउनु अघि आफु कार्यरत कम्पनीको भिडियोमा मोडलिङ गरेका थिए।

उनी आफ्ना अनुभव सुनाउँर्दै भने,‘कम्पनीमार्फत नै बनाइएका म्युजिक भिडियोमा पनि अभिनय गरेँ । विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ । जसले गर्दा फिल्ममा काम गर्न सजिलो भयो।’

उनले आफ्ना अनुभवहरु अगाडि थपे,‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौं। त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थे। बाल्यकालदेखि नै फिल्मप्रति रुची थियो ।’

उनको फिल्म फर्की फर्कीमा उनका साथी बनेका अनमोललाई समाल्ने भुमिका रहेको छ। उनले पहिलो पटक नै अनमोलसँग काम गर्दाको क्षणलाई स्मरढिाय मानेका छन्।

उनले खुशी हुँदै भने,‘फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । फिल्ममा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु।’

फिल्ममा उनका लागि अनमोल सहयोगी भावनाको लागेको रवी भनाई भनाई राख्छन्। उनले अनमोलका अधिकांश फिल्म हेरेको र फिल्मका अभिनय गर्दा निकै आफुलाई पनि सिकाएको बताए।

उनी भन्छन्, ‘फिल्मका चारै जना कलाकार सहयोगी भावना भएकाले एकअर्कालाई बुझ्ने, हाँसो ठट्टा गर्ने, रमाइलो गर्ने भएपछि सजिलो भयो । फिल्ममा अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो । हामी फिल्मको दृश्य सुटिङ अघि छलफल गथ्र्यौ ।’

पेशाले इन्जिनियर भएता पनि उनी नेपाली फिल्म हेर्दा रहेछन्। उनले अनमोल अभिनित फिल्म ‘कृ’, ‘जेरी’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’लगायत हेरेको बताए।

फिल्म रिलिज हुन झण्डै पाँच दिन मात्रै बाँकी रहेको छ। तर फिल्ममा काम गर्दामा भन्दा उनी रिलिज डेट नजिकिदै जाँदा नर्भस भएका छन्।

‘हाम्रो फिल्म विश्वभरका दर्शकले एकसाथ हेर्दै हुनुहुन्छ,’उनी अलिक नर्मस हुँदै भने,‘मेरो पात्रप्रति प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता छ। आफ्नो पनि इच्छाको क्षेत्र र यस्तो गर्न पाए हुन्थ्यो भन्ने सपना पुरा हुँदा चाहिँ मलाई एकदमै खुशी लागेको छ।’

रवीको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो। मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रवीको भनाई छ ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा रवि र अनमोलका अलवा जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.