यस फिल्मका अभिनेता ट्रेन्टन हलिउड अभिनेता हुन्। उनले ‘हलीउड किल्स,’ ‘अन्डर द वेस्टर्न सन,’ ‘सिरोनिया,’ ‘द रेड, ब्ल्याक एन्ड ब्लोन्ड: गड सेभ,’ ‘बिटविन किंग्स एन्ड क्विन्स,’ ‘लस एन्सिनोस’ लगायतका फिल्महरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन्। यस फिल्मको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन लगायतको पनि सहभागिता रहेको छ। फिल्मको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन्। फिल्मका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०: द गिफ्ट अफ गाबा’ लगायतका फिल्मको छायाङ्कन गरेका छन्।
यो फिल्मको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ। फिल्मका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म छायाङ्कन गरिएको छ। यस फिल्मका लेखक समेत रहेका निर्माता क्रिस बेरुटी एमी तथा स्ट्रिमी मनोनीत लेखक तथा निर्माता हुन्। उनले १४ देशका ८ भाषामा विभिन्न प्रोजेक्टहरू निर्देशन गरेका छन् भने युनिसेफ र नेशनल जियोग्राफिक जस्ता संस्थाहरूको लागि ६५ भन्दा बढी देशको यात्रा गरिसकेका छन्। गत जेठ १० गते रिलिज भएको किङडम नेटवर्कको पहिलो चलचित्र ‘पुजार सार्की’ले नेपालमा मात्र करिब १० करोडको व्यापार गरेको थियो भने विश्वव्यापी रूपमा रहेका नेपाली समुदायबीच रिलिज भएको थियो ।