सुचना, समाचार र मनोरन्जन

दीपेन्द्रको ‘हरिबहादुरको जुत्ता’ मा स्वस्तिमा खड्का

काठमाडौं :

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ मा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। निर्माण टिमले शुक्रबार कागजी सम्झौता गरेको हो।

उनीसँगै यो फिल्ममा हरिवंश आचार्य र प्रकाश सपुतको पनि मुख्य भूमिकामा रहने निर्माण टिमको भनाई छ। सरोज वलीले निर्माण गर्न लागेको यो फिल्मको स्क्रिप्ट हरिवंशले नै लेखेका हुन्।

हरिवंशसँग निकै म्युजिक भिडियोमा सहकार्य गर्दै आएका सरोज ओलीले ‘हरिबहादुरको जुत्ता’नामक निर्माणमा जुटेका हुन्। म्युजिक भिडियोमा सहकार्य गर्दै आएकी प्रियंका कार्की पनि यो फिल्ममा रहन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म अनुबन्ध गरेको खबर भने प्राप्त हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.