सुचना, समाचार र मनोरन्जन

ऋषि लामिछानेको नयाँ फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’

काठमाडौं :

हास्यकलाकार केदार घिमिरे माग्ने बुढा एकपछि अर्को फिल्ममा अनुबन्ध हुन थालेका छन्। छक्का पञ्जा टिमसँग सहकार्य गर्दै आएका घिमिरेले छायांकनरत फिल्म ‘जेरी टनअप’पछि अर्को एक फिल्ममा अनुबन्ध भएका हुन्। नाम सार्वजनिक नगरिएको फिल्ममा उनलाई निर्देशक ऋषि लामिछानेको टिमले अनुबन्ध गरेको हो।

Pach Pandav

कमेडी जनरामा बन्ने अनटाइटल फिल्ममा उनी मुख्य भूमिकामा देखिने निर्माण पक्षको भनाई छ। यहि फिल्मबाट निर्देशक लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन्। उनले फिल्म ‘किस्मत २’पछि कुनै पनि फिल्ममा निर्देशन गरेका थिएनन्। लामिछानेले हवल्दार सुन्तली, श्रीमान् श्रीमती, कहिले मिलन कहिले विछोड लगायतका फिल्महरु चर्चामा रहेका छन्।

माघ–फागुनबाट सुरु हुने यो फिल्मलाई मुनाल घिमिरेको निर्माणमा बन्न लागेको हो। फिल्मलाई पत्रकार तथा लेखक सामीप्यराज तिमल्सेनाले पटकथा लेखिरहेका छन्। आरम्भ प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको नाम भने तय हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.