सुचना, समाचार र मनोरन्जन

आशिर्वाद–एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौं :

गायक आशिर्वाद सुवेदी र लोकप्रिय गायिका एलिना चौहान को स्वरमा सजिएको नयाँ गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ। प्रेमभाव र आकर्षणलाई केन्द्रमा राखेर तयार गरिएको उक्त गीतमा शब्द तथा संगीत बसन्त सापकोटाले सिर्जना गरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ। आधुनिक संगीत संयोजनसँगै मेलोडियस प्रस्तुतीकरणले गीतलाई थप सशक्त बनाएको निर्माण पक्षको दाबी छ।

गीतको म्युजिक भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन हरि हुमागाईंले गरेका हुन्। छायांकन उत्तम हुमागाईंले गरेका छन् भने डिओपी तथा सम्पादन कार्य पनि निर्देशक हुमागाईं स्वयंले सम्हालेका छन्।

समकालीन नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै तयार गरिएको ‘मोहनी लगायो कान्छीले’लाई गायक सुवेदीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएपछि गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.