सुचना, समाचार र मनोरन्जन

मिस नेशनलकी डा.आयुष्नोभा पर्वत कुश्मामा

पोखरा ।

मिस नेशनलमा सहभागी डा.आयुष्नोभा ढुंगाना पर्वतको कुश्मामा आएकी छिन् । उनी घुमफिर सँगै केही अध्ययन अनुसन्धानका लागि कुश्मा आएको जनाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने उद्देश्यले सौन्दर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस नेशनल’ मा सहभागी भएकी छिन् डा.आयुष्नोभा ढुंगाना मोडल तथा डाक्टर हुन् । कलाकारिता तथा चिकित्सा पेशालाई एकसाथ अगाडि बढाइरहेकी उनले बंगलादेशबाट एमबीबीएस गरेकी हुन् ।

संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जेनेरल साइकीयाटीक म्यानेज्मेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसनको पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले शत प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले उनी हार्वर्ड स्कुलबाटै अटिजममा पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछिन् ।

कलाकारितातर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक लगायत विभिन्न अवार्डहरु प्राप्त गरेकी छिन् ।

‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी मिस नेशनलतर्फको प्रतियोगी हुन् । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेशनल’ मा देशको प्रतिनिधित्व गर्ने उद्देश्यले उनी यो प्रतियोगितामा सहभागी भएकी हुन् ।

प्रतियोगिताको अन्तिम २४ भित्र छानिन सफल उनी सबैभन्दा प्रभावशाली प्रतियोगी हुन् । त्यसैले उनलाई उपाधिको दावेदारसमेत मानिएको छ । उपाधि जित्ने उद्देश्यले उनी दिन–रात मेहनत गरिरहेकी छन् ।

डा.ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँगै उनले पनि अभिनय गरेकी थिइन् ।

‘‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगिताको फाइनल यहि मे महिना १ तारिकमा हुँदैछ, जसमा आफू उपाधि जित्ने लक्ष्यसहित प्रस्तुत हुने आयुष्नोभाले बताइन् ।

 

 

Leave A Reply

Your email address will not be published.