सुचना, समाचार र मनोरन्जन

पच्चिस दिनमै सकियो ‘अभिमन्यु’को सुटिङ,भदौमै रिलिजको तयारी

काठमाडौं :

चैत १९गतेबाट छायांकनमा गएको फिल्म ‘अभिमन्यु’को सुटिङ सकिएको छ। २५ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ।

कीर्तिपुरमा फिल्मको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को छायांकन सुरु भएको थियो। यस फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको मुख्य भुमिका रहेको छ। यस फिल्ममा अभिनेत्री रेखा थापाको समेत अभिनय रहेको बुझिएको छ। तर निर्माण टिमले उनको अभिनय रहेको बारेमा भने जानकारी दिएको छैन।

यस फिल्मलाई विनोद पौडेलले निर्माण गरेका हुन्। यसअघि उनको सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा लगानी थियो। निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने बताएकाछ न्। केहि दिनअघि फिल्मको को थिम पोस्टर रिलिज गरिएको थियो। जहाँ फिल्मले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने बताइएको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्। थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ। यो फिल्म हिन्दी र नेपाली भाषामा एक साथ रिलिज हुने निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.