सुचना, समाचार र मनोरन्जन

‘जेनजी आन्दोलन’का कारण फिल्म ‘अभिमन्यु’को प्रदर्शन स्थगित

काठमाडौं :

जेनजी आन्दोलनपछि उत्पन्न सामाजिक संवेदनशीलता मध्यनजर गर्दै नेपाली फिल्म ‘अभिमन्यु’ को २७ भदौमा हुने भनिएको प्रदर्शन स्थगित गरिएको छ।

सेभेन सिज सिनेमाले जारी गरेको विज्ञप्तिमा निर्माता विनोद पौडेलले यस्तो परिस्थितिमा फिल्म सार्वजनिक गर्नु नैतिक दृष्टिले उपयुक्त नहुने बताउँदै नयाँ मिति छिट्टै घोषणा गरिने जनाएका छन्।

कम्पनीले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Leave A Reply

Your email address will not be published.