सुचना, समाचार र मनोरन्जन

रिलायन्स को. एड. का आयन थापा उपत्यकाब्यापी गायन प्रतियोगितामा प्रथम

काठमाडौं :

राजधानीमा सम्पन्न ११औं उपत्यकाब्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कूलका विद्यार्थी आयन थापाले प्रथम स्थान हासिल गरेका छन्।

काठमाडौं उपत्यकाका ३४ वटा विद्यालयका प्रतिभाशाली नानीबाबुहरूको सहभागिता रहेको प्रतियोगितामा आयन थापाले उत्कृष्ट प्रस्तुति दिँदै सबैलाई पछि पार्न सफल भए। कोटदेवी पब्लिक स्कूलका समिपन राई द्वितीय र अमर इंग्लिस स्कूलकी जेसिका श्रेष्ठ तृतीय स्थानमा रहे।

अन्य विधामा पनि प्रतिभा चम्किए

  • गीत रचना तर्फ:

    • प्रथम: लेखु सहयात्री (रिलायन्स को. एड.)

    • द्वितीय: रामबहादुर केसी (न्युटन स्कूल)

    • तृतीय: शिवप्रसाद अर्याल (कौशल इङ्गलिस बोर्डिङ स्कुल)

  • संगीत तर्फ:

    • प्रथम: सागर गौतम (अमर इङ्गलिस स्कुल)

    • द्वितीय: नारायण लामा (मनास्लु स्कुल)

    • तृतीय: राजन खतिवडा (रिलायन्स को. एड.)

आयोजक र निर्णायक मण्डल

कार्यक्रमको आयोजना बसुन्धरा नेशनल एकेडेमीले गरेको थियो। गायक हेमन्त शर्माको आतिथ्यता र प्रकाश सायमीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा संगीतकार महेश खड्का, भानुभक्त ढकाल र गीतकार होम न्यौपाने निर्णायकको भूमिकामा थिए।

Leave A Reply

Your email address will not be published.