सुचना, समाचार र मनोरन्जन

‘एक्टिङ आइडल’ सिजन-१ प्रतियोगिता हुने, नवप्रतिभाका लागि अवसर

काठमाडौं :

लग्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन-१ प्रतियोगिता आयोजना हुने भएको छ। विगत केही वर्षदेखि नवप्रतिभालाई मञ्च प्रदान गर्दै आएको यस संस्थाले मिसेस तीज तथा अनलाइन दशैँ–तिहार नृत्य प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेपछि अब अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित एक्टिङ आइडल सिजन-१ ल्याउन लागेको हो।

संस्थाकी संस्थापक पूजा रेग्मी महन्तका अनुसार संस्थाको मुख्य उद्देश्य व्यक्तिभित्र लुकेका प्रतिभालाई उजागर गर्नु र सही मार्गदर्शनमार्फत समाज तथा देशका लागि सिर्जनशील व्यक्तित्व उत्पादन गर्नु हो। “यस कार्यक्रमले देशको कला, संस्कृति र भाषाको संरक्षणमा समेत टेवा पुर्याउने विश्वास लिएका छौं,” उनले बताइन।

एक्टिङ आइडल सिजन-१ को अडिशन यही बुधबार दिउँसो १ बजे काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थियटरमा आयोजना हुने भएको छ। कार्यक्रममा जुनसुकै उमेर समूहका इच्छुक प्रतिभाले सहभागिता जनाउन सक्ने जनाइएको छ। आयोजकका अनुसार अभिनय क्षेत्रमा रुचि राख्ने नवप्रतिभाका लागि यो कार्यक्रम उत्कृष्ट अवसर हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.