सुचना, समाचार र मनोरन्जन

‘एक्टर’को प्रमोसनमा निर्माण,एउटै नामको फिल्मले दर्शक झुक्किएलान् कि भन्नेमा चिन्ता

काठमाडौं :

यहि माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर’का निर्माण टिमले प्रचारप्रसारलाई व्यापक बनाउन थालेका छन्। प्रदर्शन मिति नजिकै गर्दा ‘एक्टर’ निर्माण टिमले फिल्मको प्रचार, प्रसारलाई प्राथमिकताका साथ व्यापक बनाउनतर्फ लागेको हो।

टिजर र गीतहरु सार्वजनिक गरेसंगै आईतवार पत्रकार सम्मेलनको आयोजना गरि फिल्म ‘एक्टर’को बारेमा निर्माता, निर्देशक र कलाकारहरुले आआफ्नो धारणा राखेका थिए। लामो समय टेलिभिजन पत्रकारिता गर्नु भएका फिल्मका निर्माता समेत रहेका मनोहरी थापाले ‘फिल्म एक्टर देशको वर्तमान परिस्थितिका कारण युवा पुस्ताले भोग्नु परिरहेको वास्तविक घट्नालाई बिषयवस्तु बनाई आम दर्शक सामु पस्कने जमर्को गरेको बताए।
उनको कुरालाई समर्थन गर्दै फिल्मका निर्देशक मदन घिमिरेले फिल्मको कथालाई पर्दामा उतार्न निकै मेहनत गरेको बताए। उनले यहि नामसँग अर्को फिल्म बनेको भन्दै त्यो भन्दा अघि नै आफुले प्रर्दन गर्न लागेको बताए।

उनले भने,‘आफ्नो फिल्मसंग मिल्दो जुल्दो नाममा अर्को फिल्म ‘एक्टर टेक वान’ पनि यही महिनामा प्रदर्शन आउने भएपछि दर्शकहरु झुक्किरहेका छन्। माघ १६ गते आफ्नो फिल्मको शीर्षकसंग हुबहू मिलेको अर्को फिल्म प्रदर्शन हुने भएपछि हामीहरुले माघ ४ गतेलाई प्रदर्शन मिति तोकेका हौं । हामीले हतार हतार यो मितिमा फिल्म चलाउनु पर्यो, हामी आरामले फागुनको अन्तिममा फिल्म प्रदर्शन गर्नु पर्ला भनेर बसेका थियौं।’

फिल्मका संगीतकार, निर्माता मध्येका सम्राट थापाका अनुसार उनको यो फिल्मको सेन्सर नै अघिल्लो वर्षको पुस महिनाको अन्तिम साता गरिएको थियो। फिल्म प्रदर्शनका लागि स्वीकृति पत्र प्राप्त गरिसकेको ‘एक्टर’ प्रदर्शनको तयारी गरुञ्जेलसम्म पनि दोस्रो ‘एक्टर’ को नाम नै दर्ता गरिएको नभएको बताए।

उनले थपे,‘एक्कासी आफ्नो फिल्मको नामसंग हुबहू मिल्दोजुल्दो नामको फिल्म आउदा आश्चार्य चकित बनेका छौं। नेपाली फिल्मको इतिहासमै यो पहिलो घट्ना होला एउटै नाम गरेको फिल्म एकै महिनामा हलमा प्रदर्शनमा आउन लागेको हो। यस्तो नभएको भए हुन्थ्यो।’

माघ महिनामा एउटै नाम गरेको दुईवटा फिल्म प्रदर्शनमा आउने पक्का भएको छ । एउटै नाम गरेको दुईवटा फिल्म हलमा आउने भएपछि सबै भन्दा ठुलो अन्याय माघ ४ गते प्रदर्शनमा आउने फिल्म ‘एक्टर’का नायक प्रिन्स थापा मगरलाई पर्ने देखिन्छ। प्रिन्स थापाको यो डेब्यु फिल्म हो। प्रत्रकार सम्मेलनमा नायक प्रिन्स थापाले ‘आफु यो क्षेत्रमा नयाँ भएपनि थ्रेटरबाट अभिनयमा खारिएर आएको कथाको पात्रलाई न्यायदिन कुनै कसर नछाडेको बताए।

उनले भने,‘ निर्देशकिय पक्षलाई सुक्ष्म रुपले मनन् गरि निर्देशक मदन घिमिरे अङ्कलले मबाट चाहनु भएको दृश्य दिने क्रममा पात्रलाई अन्याय नहोस भन्ने कुरालाई ख्याल गर्दै सकेको मिहेनत गरेको छु । फिल्ममा नयाँ भए पनि काम राम्रै गरेको बिश्वास दिलाउन चाहन्छु। मेरो पहिलो फिल्म एक्टर हेरेर साथ सहयोग र हौसला प्रदान गर्नु हुन आम दर्शकमा अनुरोध छु।’

फिल्मकी अभिनेत्री शिवानी गिरिले कृष्ण मल्ल, सरोज खनाल, निर्मल शर्मा जस्ता अग्रज कलाकारसंग काम गर्न पाउँदा खुशी लागेको बताइन्।
उनले कलाकारको तारिफ गर्दै भनिन्,‘आफु प्रायः इण्डियामा बस्ने हुनाले यो फिल्मको प्रमोशनको लागि मात्र नेपाल आएकी र नायक प्रिन्स थापासंगको हाम्रो जोडिलाई मनपराई दिनुभई आगामी समयमा पनि हाम्रो जोडीलाई एक साथ काम गर्ने र पर्दामा छाउने अवसर दिनु होला भन्न चाहन्छ।’

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’ नायक प्रिन्स थापा मगर र शिवानी गिरिको साथमा कशिस दाहाल, निशा केसी भण्डारी, महेन्द्र मैनाली, शिबु शाह, कृष्ण मल्ल, सरोज खनाल लगायतका कलाकारको अभिनय छ।

Leave A Reply

Your email address will not be published.