सुचना, समाचार र मनोरन्जन

देशभरका झण्डै ७० वटा सिनेमा हलमा लाग्दै ‘एक्टर’

काठमाडौं :

देशभरका झण्डै ७० वटा सिनेमा हलमा मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ लाग्ने भएको छ। भोली अर्थात माघ ४ गते शुक्रवारबाट यो फिल्म प्रदर्शनमा आउन लागेको हो।

sfal

युवा पुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर तयार पारिएको फिल्मनिर्माण पक्षलेजानकारी दिदै आएको छ। टेलिभिजनकर्मी मनोहरी थापाले लगानी गरेको यो फिल्मबाट अभिनेताका रुपमा प्रिन्स थापा मगरले डेब्यु गरेका छन्। बुधबार निर्माण टिमले सिभिल मलको हलमा विशेष शोको समेत आयोजना गरेको थियो। उपस्थित भएका दर्शकहरुबाट यो फिल्मले प्रशंसा बटुलेको थियो। निर्देशक घिमिरेले फिल्म ‘एक्टर’मा स्थापित कलाकार नभए पनि उनीहरुले राम्रो अभिनय गरेको सुनाए। उनले भने,‘नायक, नायिका नयाँ भएपनि उनिहरुको काम अहिलेका चल्तिका स्थापित कलाकारहरुको भन्दा कम छैन। म यसैमा सन्तुष्ट रहेको छस’

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’मा मुख्य नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ। मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो।

Leave A Reply

Your email address will not be published.