सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

प्रदीपको ‘एक्टर’‘सिंघम ३’सँग नभाग्ने,राजवल्लभले आफ्नो काम सकेर लागे अमेरिका

काठमाडौं :

नेपाली फिल्मका निर्माताहरु बलिउड फिल्म भन्ने बितिक्कै तीन फुट पर उफ्रिन्छन्। उनीहरु भारतिय फिल्मसँग डराउने गरेका छन्। तर निर्माण भइरहेको फिल्म तिहारमा प्रदर्शन हुन लागेको बलिउडका ठूलो फिल्म ‘सिंघम ३’सँग नभाग्ने भएको छ।

sfal

अब त्यो फिल्मसँग जुध्ने भएको छ। कार्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘एक्टर’ निर्धारित दिनमै रिलिज हुने भएको छ। धेरै फिल्मकर्मीले ‘सिंघम३’आएप्छि ‘एक्टर’ले के गर्ला भन्ने अड्कलबाजी गरिरहेका थिए। निर्माण पक्षले निर्धारित समयभन्दा अघिपछि फिल्म नसर्ने भनेपछि यो फिल्म बलिउडसँग भिड्ने पक्का भएको हो।

अहिले फिल्म ‘एक्टर’ धमाधम छायांकन चलिरहेको छ। फिल्मका मुख्य कलाकार राजवल्लभ कोइरालाको छायांकन सकेर डबिङ समेत भइसकेको छ। उनले आफ्नो भागको सबै काम सकेर अमेरिका फर्किने तयारी गर्दैछन्। उनी यहि फिल्मका लागि एक साता अघि नेपाल आएका थिए। लामो समयदेखि कोइराला अमेरिकामा बसोबास गर्दै आएका छन्।

यो फिल्ममा राजवल्लभका अलवा प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीको मुख्य भूमिका छ । थमन कुमार भण्डारीको निर्माणमा तयार भइरहेको फिल्ममा राजन भुसालले निर्देशन गरिरहेका छन्। यहि फिल्मबाट दिव्याले नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गरेकी हुन्।

Leave A Reply

Your email address will not be published.