सुचना, समाचार र मनोरन्जन

फिल्म‘ब्ल्याक छायाँ’समावेश गीत ‘बुट्टे रुमाल’रिलिज

काठमाडौं :

लंका फिल्म प्रालिको व्यानरमा निर्मित फिल्म ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल….’ बोलको गीत रलिज भएको छ। आइतबार ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।
आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘ब्ल्याक छायाँ’ समावेश गीत ‘बुट्टे रुमाल…’ गीतका शब्द डिबि खनाल, संगीत राजेन्द्र बजगाई, स्वर भुवन प्यासी र मेलिना राईको रहेको छ । फिल्ममा मायाप्रेम र सस्पेन थ्रिलरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको निर्देशक आरएल लामा मुक्तानले बताए।

Chaka Panja

फिल्ममा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी वस्नेत, बुध्दि तामाङ, रुविना कार्की, सोभित वस्नेत, रविन्द्र झा, निमा दार्जे मुक्तान, आरएल लामा मुक्तान लगायतको अभिनय रहेको छ ।

फिल्मका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान हुन । खड्ग लामा मुक्तान प्रस्तुतकर्ता रहेको ब्ल्याक छायाँमा सह–निर्मातामा सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मुक्तान ‘डेबिट’ रहेका छन् ।

Leave A Reply

Your email address will not be published.