पोखरा/
शिक्षाको अवसरप्रति उत्साहित पोखराका विद्यार्थीहरूका लागि आयोजित AECC ग्लोबल एजुकेसन फेयर २०२५ आइतबार पोखरा ट्रेड मल (तृतीय तलामा) भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

मेलामा अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। करिब ११० जना उत्साही विद्यार्थीहरूले मेला भ्रमण गरी प्रत्यक्ष परामर्शदातासँग अन्तरक्रिया गरेका थिए।
विद्यार्थीहरूले विभिन्न देशको भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर, पाठ्यक्रम चयन, भिसा प्रक्रिया लगायतका महत्वपूर्ण विषयहरूमा विस्तृत जानकारी प्राप्त गरे।

मेलामा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै AECC ले टेस्ट प्रेप कक्षामा ७०% सम्म छुट, अस्ट्रेलिया यात्राको फ्रि टिकट जित्ने अवसर, iPhone 16, iPad, Smartwatch लगायतका गिफ्ट ह्याम्परहरू लगायत विभिन्न आकर्षक अफरहरू पनि प्रस्तुत गरेको थियो ।

कार्यक्रमले पोखरामा अध्ययन विदेश जान चाहने युवाहरूमाझ अन्तर्राष्ट्रिय शिक्षाको सही मार्ग पहिचान गर्न सहयोग पुगेको आयोजक संस्थाले जनाएको छ।
AECC पोखरा शाखाका प्रतिनिधिहरूका अनुसार भविष्यमा अझ व्यापक र समावेशी कार्यक्रमहरू आयोजना गरिँदै जानेछ।
