सुचना, समाचार र मनोरन्जन

‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री

काठमाडौं :

डार्क हर्स इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्माणाधिन फिल्म ‘अगस्त्य–भाग १’ को अन्तर्राष्ट्रिय रिलिज महँगो रकममा बिक्री भएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो।

सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० शो, क्यानडामा १५० शो, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न शहरहरुमा करिव ५०० शो र मध्यपूर्वका विभिन्न देशहरूका हलमा ७५० शो प्रदर्शन हुनेछ ।

Chaka Panja

निर्माण पक्षले फिल्मको छायांकन करिब ४५ प्रतिशत सकिंदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज महंगो रकममा बिक्री हुनुलाई उपलब्धि मानेको छ । ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो’, डार्क हस इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘अगस्त्य–भाग १’ को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ। फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै बलिउड कलाकारहरुको पनि अभिनय रहेको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन रहेका छन्। फिल्मको प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.