सुचना, समाचार र मनोरन्जन

श्रीमतीलाई लक्षित गर्दै प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा

काठमाडौं :

एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले ‘अजम्बरी’बोलको गीत रिलिज गरेका छन्। उनले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार यो गीत तयार पारेका हुन्।

Pach Pandav

यस गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइँको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रहिल कार्कीको निर्देशन गरेका हुन्। केहि दिनअघि नेपाल आएको बेला उनले अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए।

गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ वर्षे बैबाहिक जीवनसम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाइ देखाइएको छ।बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको यस गीतको भिडियोलाई गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.