सुचना, समाचार र मनोरन्जन

स्रोताको मन जित्दै अजित घिसिङ तामाङको ‘वाचा’

काठमाडौं :
संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा…’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका संगीतकर्मी घिसिङको यो नयाँ गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको हो ।

गीतमा पनि संगीतकर्मी घिसिङकै शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ। निकै रोमान्टिक तथा मन छुने शब्दहरुको यो गीतमा समावेश मेलोडियस संगीतले स्रोताको मन जित्न सफल भएको हो। गायक घिसिङले यसअघि धेरैले धेरै माया, ताली,  झ्वाइँ खट्टे (प्रमोद श्रेष्ठ र अजित घिसिङ तामाङ), पञ्चै  बाजा, नाच्यो चरी (सेलो गीत),  आँखा चिम्लि हेर (उषा पाख्रिन र अजित घिसिङ तामाङ), सुटुक्कै (रचना रिमाल र अजित घिसिङ, शब्द रमेश अधिकारी) आदि गीतहरु अत्यधिक लोकप्रिय भएका छन् ।

यो गीतको म्युजिक भिडियोलाई निर्देशक विभोर पोखरेलले तयार पारेका हुन्।  सुनिल बुढाथोकीको निर्देशनमा तयार भएको यो गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोमा विजय कार्की तथा अनिमा विश्वकर्माले अभिनय गरेका छन् ।

Leave A Reply

Your email address will not be published.