सम्पादकीय /
फागुनदेखि जेठसम्मको सुख्खा याममा डढेलोको आतङ्क हुन्छ । सुन्दा सामान्य लागे पनि र हेर्दा रमाइलो लागे पनि डढेलो आफैमा डरलाग्दो दैवीप्रकोप हो । मुलकभर चैतको सुरुवाती समयदेखि नै आगलागीका घटनाले जनधनको क्षति भइसकेको छ । डढेलोका ३ सयभन्दा बढी घटनामा ५ जनाको मृत्यु र २ सय घर ध्वस्त भएका छन् । सुख्खायाममा हावाहुरी चल्ने र ४५ प्रतिशत भूभाग ओगटेको वन जङ्गलमा डढेलो लागेको छ । आगलागीको अध्ययन तथ्याङ्कले १० वर्षमा २३ हजार घटनामा १ हजार मानिसको ज्यान गएको छ भने २ अर्ब बराबरको भौतिक क्षति भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज लागेको डढेलो २ हप्ता हुँदासम्म पनि नियन्त्रण भएको छैन् । सेना प्रहरीले आगो निभाउन कोसिस गरे पनि डढेलो नियन्त्रणबाहिर गएको छ ।
गतवर्ष मुलुकका ५४ जिल्लाका सयौं ठाउँमा डढेलोको कारण देशको वायुमण्डल खराब स्थितिमा पुग्यो । राजधानी काठमाडौं संसारकै पहिलो नम्बरको वायुप्रदूषणयुक्त सहरका रूपमा सूचीकृत भयो । देश अझै डढेलोको गम्भीर जोखिमबाट मुक्त छैन् । वर्षेनी आइलाग्ने प्रकोपलाई सामान्य ठान्नु भूल हो । हुरी बतासको समय सुरुवातीसँगै ‘हरियो वन नेपालको धन’ अङ्गार र खरानीमा रूपान्तरण हुँदैछ । ८ वर्ष पहिले डढेलो नियन्त्रणका लागि जापान सरकारले सबै जिल्लामा उपकरण पठाएको थियो तर त्यो उपकरण सही र समुचित प्रयोगमा आउन सकेन ।
भावी पुस्तालाई खुल्ला चौर, स्वच्छ हावा, पिउन लायक पानी साथै हरियो वन हस्तान्तरण गर्न सकेनौं भने महान् अभिशापको आगोमा पिल्सिनुपर्छ । जबसम्म जल, जङ्गल र जमिनमा अधिकारमुखी पद्धतिको विकास हुँदैन तबसम्म नेपाली जनशक्तिले अन्र्तर्राष्ट्रिय श्रम बजारमा ज्याला मजदुरी गरिरहनुपर्छ । प्राकृतिक साधन स्रोत संरक्षणमा युवाको पसिनाको खाँचो छ ।
प्रकृतिले नेपाललाई सबै चिज बरदानका रूपमा दिएको छ । तर प्राकृतिक साधन स्रोतको चरम दोहन गर्दा ‘बाँदरको हातमा नरिबल’ सरह भएको छ । भावी पुस्तालाई खुल्ला चौर, स्वच्छ हावा, पिउन लायक पानी साथै हरियो वन हस्तान्तरण गर्न सकेनौं भने महान् अभिशापको आगोमा पिल्सिनुपर्छ । जबसम्म जल, जङ्गल र जमिनमा अधिकारमुखी पद्धतिको विकास हुँदैन तबसम्म नेपाली जनशक्तिले अन्र्तर्राष्ट्रिय श्रम बजारमा ज्याला मजदुरी गरिरहनुपर्छ । प्राकृतिक साधन स्रोत संरक्षणमा युवाको पसिनाको खाँचो छ । अमेजनको डढेलोले अमेरिकालाई टाउको दुखाइ भए जस्तै नेपालको हरियो वनमा लाग्ने डढेलो रोकथामका लागि सरकारको चिन्ता र चासो देखिनु अपरिहार्य भइसकेको छ । राज्यप्रणाली र शासकीय शैलीमा विनाशकारी चिन्तनको दवदवा रहेको छ । मुलुकभरका जङ्गलमा लागेको डढेलो त झन घातक बनेको छ । अझैसम्म नियन्त्रणको ठोस उपाय आइसकेको छैन् । यसले वनस्पतिदेखि वन्यजन्तुसम्मलाई अन्याय गरेको छ । जैविक विविधाको लोप हुनेछ । वातावरण र पर्यावरणमा असर गरेको छ । डढेलो नियन्त्रण गर्न सेनालाई निर्देशन दिए पनि कार्यान्वयनका जटिलताहरू सम्बोधन भएको छैन् । दशक पहिले रामेछापमा लागेको आगो निभाउने क्रममा १३ जना सैनिकले ज्यान गुमाएका थिए ।
जङ्गलमा डढेलो लगाउँदा नयाँ पालुवा र चरिचरनमा नयाँ घाँस पलाउँछ भन्ने सनातन मान्यता छ । यसरी जानाजान आगो झोस्नेलाई कारवाही र दण्ड दिएर न्युनीकरण गर्न आवश्यक छ । डढेलो नियन्त्रणका लागि अग्नि रेखा र दमकलको चाँजोपाँजो समयमै मिलाउनुपर्छ । आफू वरपरको वातावरण स्वच्छ र सफा राख्न नागरिक समाजले पनि उत्तिकै सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।
डढेलो प्राकृतिक कारणका अतिरिक्त मानवीय कमजोरी पनि हो । वन विनास र क्षयीकरणले वातावरणलाई नकारात्मक असर दिएको छ । जङ्गलमा डढेलो लगाउँदा नयाँ पालुवा र चरिचरनमा नयाँ घाँस पलाउँछ भन्ने सनातन मान्यता छ । यसरी जानाजान आगो झोस्नेलाई कारवाही र दण्ड दिएर न्युनीकरण गर्न आवश्यक छ । डढेलो नियन्त्रणका लागि अग्नि रेखा र दमकलको चाँजोपाँजो समयमै मिलाउनुपर्छ । आफू वरपरको वातावरण स्वच्छ र सफा राख्न नागरिक समाजले पनि उत्तिकै सशक्त भूमिका निर्वाह गर्नुपर्छ । सरकारले ऐन मौकामा हस्तक्षेपकारी भूमिका नखेली सुख्खै छैन् । डढेलोको मुद्धालाई प्राथमिकताको सूचीमा पार्नुपर्छ । डढेलोबाट वनस्पति, वन्यजन्तुका अतिरिक्त मानवीय धजजनको ठूलो क्षति भइरहेको छ । वनको डढेलो मानव बस्तीमा पस्दा घरगोठ जलेर खरानी भएका छन् । डढेलोको कारण वन, जैविक विविधता, सामाजिक, आर्थिक क्षतिको लगत समेत छैन् ।
विपद् न्युनीकरणका लागि डढेलो नियन्त्रणमा राज्यले आफ्नो संयन्त्रलाई चुस्तदुरुस्त राख्नु पर्छ । पीडितहरूलाई तत्काल आपतकालीन राहत र सहयोग गर्नुपर्छ । होसियारी नै आगलागीको उपचार हो । डढेलो रोकथामका लागि व्यापक जनचेतना अपरीहार्य देखिन्छ । आगलागीका कारण हुने वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सचेतना अप्नाएनु पर्छ । विपद् बाजा बजाउर आउँदैन । प्राकृतिक विपद् टारेर पनि टार्न सकिँदैन यद्यपि समयमै विपद् प्रतिकार्यको योजना र होसियार रहँदा जनधनको क्षति न्युनीकरण गर्न सकिन्छ । सङ्कट र विपद् सामना गरेपछि मात्रै चासो देखाउने तर बेलैमा सुरक्षाका कवच अवलम्बन नगरिने प्रवृति अन्त्य गरी जनधनको क्षति कम गर्ने उपायको खोजी गर्नुपर्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना र सतर्कतामा ध्यान केन्द्रित गर्न लाग्नुपर्छ ।
नीति नियमको कागजी बाघले मात्रै डढेलो नियन्त्रण हुँदैन भन्ने सत्यलाई जिम्मेवार निकायले मनन् गर्नुपर्छ । डढेलो लागेपछि पानीको कुवा खोज्ने र खन्ने काम थालनी गर्नु मूर्खताको पराकाष्ठा हो ।
डढेलो नियन्त्रणका लागि ठाउँठाउँमा पानी ट्याङ्कीका अतिरिक्त पिकअप ट्रकहरूलाई तयारी अवस्थामा राख्न ढिलो गर्नु हुँदैन् । नेपालको ४५ प्रतिशतभन्दा बढी भूमि जङ्गलले ढाकेको छ । हजारौं हेक्टर जङ्गल डढेर नास भएको छ । वन जोगाउने उपायको खोजी भएको छैन् । वन तथा भूसंरक्षण मन्त्रालको अलमल, ढिलासुस्ती र अक्रमन्यता नागरिकका लागि प्रिय छैन् । डढेलो व्यवस्थापन रणनीति २०६७ नबनेको होइन तर कार्यान्वयनमा ऐन चुकेको छ । नीति नियमको कागजी बाघले मात्रै डढेलो नियन्त्रण हुँदैन भन्ने सत्यलाई जिम्मेवार निकायले मनन् गर्नुपर्छ । डढेलो लागेपछि पानीको कुवा खोज्ने र खन्ने काम थालनी गर्नु मूर्खताको पराकाष्ठा हो । डढेलो लगाउनु कानुनी अपराध नै हो । यसलाई फौजदारी कसुरका रूपमा लिइन्छ । वन ऐन २०४९ ले पनि अपराध गर्नेलाई सजाय र जरिवानाको प्रावधान राखेको छ । नेपालमा २० हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहले २० हजार हेक्टर वन क्षेत्रको संरक्षण गर्दै आइरहेको छ । समुदायले माया गरेर हुर्काएको वन विनास हुँदा वन मन्त्रालय टुलुटुलु हेरेर बस्न मिल्दैन् । २० लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा छ । डढेलोको प्रकोप नेपालमा मात्रै होइन यो विश्वव्यापी समस्या नै हो । साधन स्रोत र दक्ष जनशक्ति स्थानीय तहसम्म विकेन्द्रीकरण गर्नुपर्छ । सबैको शत्रु डढेलो नियन्त्रणका लागि साझा ऐक्यवद्धापूर्ण क्रियात्मक अभियानले मात्रै समस्याको समाधान हुन्छ ।