सुचना, समाचार र मनोरन्जन

आर्यन र सृष्टि फिचर्ड फिल्म ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ रिलिज,दुई दिनमा ६ सय भ्युज

काठमाडौं :

आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुम्भ’ को रोमान्टिक विधाको गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै फिल्मको प्रचारप्रसारलाई तीव्र पारेको हो।

सार्वजनिक ‘स्पर्श’ बोलको गीतमा गायक मनिष शाहीले स्वर दिएका छन् भने शब्द रचना फिल्मका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठको रहेको छ। उक्त गीतमा डीजे एएनले संगीत भरेका छन्। यो फिल्मको गीतलाई यो समाचार तयार पार्दासम्म ६ सय भ्युट कटेको छ। साथै ३७ लाइक र दश कमेन्ट छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय अशोक आर्यन र सृष्टि खड्का बीचको प्रेम र रोमान्टिक केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। प्रेम, भावना र सम्बन्धको मिठास समेटिएको यस गीतको भिडियोलाई दर्शकले रुचाउनेमा निर्माण पक्षले विश्वास व्यक्त गरेको छ।

आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको‘कुम्भ’ एक्सन तथा सामाजिक कथावस्तुमा आधारित फिल्म हो । यस फिल्ममा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

फिल्मको लेखन, निर्देशन,छायांकन तथा सम्पादनको जिम्मेवारी रन्धिर श्रेष्ठ स्वयंले सम्हालेका हुन् । फिल्ममा सम्राट बस्नेत, प्रदीप खड्का (भारत),सञ्जय थापा र कुमार महर्जनको एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका हुन्। यहीँ जेठ १५ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको यस फिल्मको यसअघि सार्वजनिक टिजरले पनि दर्शकमाझ सकारात्मक चर्चा पाएको थियो।

Leave A Reply

Your email address will not be published.