सुचना, समाचार र मनोरन्जन

बलिउड अभिनेता अक्षय कुमारले लिए भारतीय नागरिकता

काठमाडौं :

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । क्यानडाको नागरिकता लिएका अक्षयले त्यसलाई परित्याग गर्दै भारतिय नागरिकता लिएका हुन्।

भारतिय समाचारका अनुसार ७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा उनले भारतिय नागरिता र पासपोर्ट प्राप्त गरेका छन्। उनले भारतको नागरिकता पाएसँगै अक्षय खुसी देखिएका छन् । उनलाई यतिबेला सामाजिक सञ्जालमा फ्यानहरुले बधाई दिइरहेका छन् ।

सन् १९९० देखि २००० को बीचमा आफ्ना एकपछि अर्को १५ फिल्म फ्लप हुँदा क्यानडामा काम गर्न गएका थिए । पछिल्लो समय अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.