सुचना, समाचार र मनोरन्जन

बाघभैरब महिमा अब म्युजिक भिडियोमा

काठमाडौं :

सन्चारकर्मीका रुपमा परिचय बनाएका चलचित्र निरर्थक ललेन्द्र शाक्यको निर्देशनमा किर्तिपुरको आराध्य देव बाघभैरबको महिमा दर्शाउने ‘जय जय बाघभैरब’ भजनलाई म्युजिक भिडियोका रुपमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सोमबार किर्तिपुरको किर्तिपुर सिनेप्लेक्समा सार्वजनिक गरिएको भजनमा बाघभैरब महिमा गानका साथै बाघभैरब उत्पत्तिबारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तिलाई पनि बाल कलाकारहरुको माध्यमबाट प्रस्तुत गरिएको हो।

यो भिडियो का छायाँकार तथा सम्पादक राजेश शाक्य हुन् । बाघभैरब भजन मण्डलका सदस्यहरुद्वारा स्वरबद्द यो भजनलाई संगीतकार हरिशरण सायमिले संयोजन गरी गीत तयार पारिएको छ भने भिडियो को निर्माण पनि उनै सायमिको संयोजनमा सम्पन्न भएको हो ।

सो भिडियो को लोकार्पण समारोह जनकवि दुर्गालाल श्रेष्ठ प्रमूख आतिथ्यता र हरिशरण सायमिको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथी श्रेष्ठद्वारा पानसमा दिप प्रज्वलन गरी समारोहको उदघाटन गरिएको थियो । समारोहमा किर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरे र बाघभैरब भजन मण्डलका गुरु जोगमान महर्जन लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.