सुचना, समाचार र मनोरन्जन

अक्षय कुमारले गराए आँखाको शल्यक्रिया, अभिनयबाट लिए छोटो ब्रेक

काठमाडौं :

बलिउड अभिनेता अक्षय कुमारले फिल्म ‘केरलम’ को सुटिङ सकाए लगत्तै आफ्नो आँखाको शल्यक्रिया गराएका छन्। यस फिल्मको सुटिङ सकाए लगत्तै बुधबार शल्यक्रिया गरेका हुन्।

उनी बलिउडमा एक वर्षमा सबैभन्दा बढी फिल्ममा काम गर्ने अभिनेता हुन्। वर्षमा ३–४ वटा फिल्म गर्दै आएका अक्षयले आँखाको शल्यक्रिया गर्ने भएपछि अभिनयबाट छोटो समयका लागि ब्रेक लिएका छन्। यो ब्रेकको कारण उनको आँखाको शल्यक्रियाको लागि मात्र हो।

भारतिय मिडिया हिन्दुस्तान टाइम्सले अक्षय कुमारको आँखाको सामान्य शल्यक्रिया गरिएको जानकारी दिएको छ। समाचारका अनुसार यो दृष्टि सुधारसम्बन्धी शल्यक्रिया हो। अब अक्षय केही दिन विश्राम लिनेछन् र स्वास्थ्यमा ध्यान केन्द्रित गर्नेछन्।

फिल्मको सुटिङ सकेपछि अक्षयले निर्देशक तथा सबैलाई धन्यवाद दिए। इन्स्टामा अक्षयले लेखेका छन्,‘राम्रो मानिसहरूसँग सुन्दर ठाउँमा काम गर्नुजस्तो खुसी अरू केही हुँदैन। निर्देशक अनीस बज्मी र सम्पूर्ण टिमलाई धेरै माया। यो प्रोजेक्ट मेरो लागि निकै विशेष रह्यो।’

Leave A Reply

Your email address will not be published.