सुचना, समाचार र मनोरन्जन

सुशील र न्यान्सी अभिनित चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरिलै’को छायांकन गरेसँगै सुटिङ समाप्त

काठमाडौँ :
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र‘अक्षरा’ को तिज गीत “नाँचाैं न बरि लै” काे छायांकन गरिएको छ। काठमाडौंकाे गाेकर्णस्थित उत्तरबाहिनी मन्दिरमा साेमबार गीतकाे छायांकन गरिएकाे हो।
छायांकनकै लागि मन्दिरलाई आकर्षक रूपमा सजाइएकाे थियाे।गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीकाे संगीत र सुरेन्द्र राणाकाे शब्द छ । स्टुडियो तासमा रेकर्ड गरिएको गीतमा विजेश्वर राज तण्डुकारकाे एरेन्ज मिक्सिङ मास्टरिङ छ । गीतमा चलचित्रका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाकाे अभिनय छ। उनीहरूलाई काेरियाेग्राफर रामजी लामिछानेले नचाएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म भदौ २६ गते रिलिज हुँदैछ। यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय छ। चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय छ।
चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस चलचित्रमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।चलचित्रको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ। चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यस चलचित्रलाई नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगालले वितरण गर्नेछन्। चलचित्रको मुख्य सहायक निर्देशकमा दिवस बोहरा र सहायक निर्देशकमा मनोज बोहरा रहेका छन्। निर्देशक विनयराज पौडेलले यसअघि दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। लामो अनुभवपछि उनले ‘अक्षरा’ मार्फत स्वतन्त्र निर्देशनमा पाइला चालेका हुन्।
Leave A Reply

Your email address will not be published.