सुचना, समाचार र मनोरन्जन

फिल्म ‘एक्टर : टेक वन’ को ट्रेलर : त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्व

काठमाडौं :

फिल्म ‘एक्टर : टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। राजन भुसालद्वारा निर्देशित यस फिल्मको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको देख्न सकिन्छ।

यो फिल्ममा अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनेत्रीमा डेब्यु गरेकी छन्। उनका अलवा यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ।

राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। फिल्ममा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ। फिल्ममा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ।

राजनको यो डेब्यु निर्देशकिय सिनेमा हो। यहि फिल्मबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन्। अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारीले निर्माण गरेको यस फिल्ममा अनिश भुसाल सहनिर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।

फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

फिल्ममा नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान रहेका छन्।फिल्म यहि माघ १६ गते देशव्यापी प्रदर्शनमा आउने छ। यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ।

Leave A Reply

Your email address will not be published.