सुचना, समाचार र मनोरन्जन

अर्थतन्त्र झन् समस्याउन्मुख भएको विपक्षी दलको साझा धारणा

काठमाडौं/

विपक्षी दलहरूले मुलुकको अर्थतन्त्र झन् समस्यातर्फ उन्मुख रहेको बताएको छन् ।

sfal

सरकारका कामबारहीबारे साझा धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले विगतमा सुधारोन्मुख अर्थतन्त्र झन् समस्यातर्फ उन्मुख बनेको बताएका हुन् ।

पत्रकार सम्मेलन गर्नुअघि विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले साझा धारणासहितको विज्ञप्ति जारी गरेको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले वर्तमान सरकारको गलत कार्यशैलीका कारण अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.