सुचना, समाचार र मनोरन्जन
jaar

एक्टर टेक वान’को रिलिजलाई लिएर उत्पन्न भएको विवादमा २ पक्षबीच सहमति,भोलीबाट नै हलमा चल्ने

काठमाडौं :

केही दिन यता नामको विषयमा भएको विवाद एक्टर र ‘एक्टर टेक वान’का निर्माताबीच सहमती भएको छ। उनीहरुले रिलिजलाई लिएर उत्पन्न भएको विवादलाई २ पक्षको छलफलकाबीच सहमति जुटेको हो।

फिल्म ‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारी,निर्देशक राजन भुसाल सहितको टिमले पत्रकार सम्मेलनमार्फत विवाद टुङ्गिएको जनाएका हुन्। निर्माता भण्डारीले फिल्मविरुद्ध कपिराइटको मुद्दा हालेको ‘एक्टर’का निर्माता बिनासर्त मुद्दा फिर्ता लिन सहमति भएपछि फिल्म हलमा प्रदर्शन हुन लागेको बताए।

राजन भुसालको निर्देशनमा बनेको फिलम ‘एक्टर टेक वान’ बुधबार नै रिलिजको घोषणा गरिएको थियो। जिल्ला अदालतले फिल्मको रिलिज रोक्न अल्पकालिन आदेश दिदै २२ गते छलफलका लागि अदालतमा बोलाएको थियो।

बिहिबार एक्टर टेक वानका तर्फबाट निर्माताद्वय थमन भण्डारी र मोती कार्की तथा एक्टरका तर्फबाट मनोहरि थापा, सम्राट थापा र कानून व्यवसायी यज्ञमणि न्यौपाने छलफलमा बसेर समस्याको समाधान सल्झाएपछि फिल्म रिलिजका लागि तयारी भएको हो।

फिल्म ‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका छन् भने जुन फिल्म गत माघ ४ गते नै हलमा प्रदर्शन भइसकेको छ। यता ‘एक्टर ः टेक वान’मा प्रदीप खड्का,आना शर्मा,दिव्या रायमाझी,राज बल्लभ कोइराला,सुशिल सिटौला लगायतको अभिनय रहेको छ। यस फिल्ममा गेष्टको रुपमा अभिनेता तथा निर्देशक निश्लच बस्नेतका अलवा महेश त्रिपाठी रहेका छन्।

Leave A Reply

Your email address will not be published.