सुचना, समाचार र मनोरन्जन

‘लाज शरणम्’को टिजरमा विदेश गएको छोरो कफिनमा फर्किएपछिको पिडा

काठमाडौं :

आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले आज युट्युबमार्फत फिलमको टिजर रिलिज गरेको हो।

फिल्मको टिजरमा अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ। नेपाली समाजमा वैदेशिक रोजगारमा गएपछिको कथालाई फिल्मले बोल्न खोजेको छ। वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुर हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ।

तर, त्यसमै केही ट्वीस्ट रहेको कलाकारको हाउबाउबाट देखिन्छ। तर, के प्रष्ट छैन। तर, विदेश गएको छोरो फर्किसकेको छ । त्यसपछि नदीमा डुबेको व्यक्तिको उद्धार र द्वन्द्व छ।गरिबी र बरोजगारी नागरिकको दुःख यो फिल्मले भन्ने टिजरले संकेत गरेको छ। क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ। लङ सटले टिजरको सुन्दरता बढाएको छ।

फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ। यस फिल्ममा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’ कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन्। फिल्मको कथा तथा निर्देशन कुमार कट्टेलले गरेका हुन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता,राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.