सुचना, समाचार र मनोरन्जन

गीत खिच्न बाँकी राखेर ‘एक्टर’को छायांकन सकियो,जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं :

गत बैशाखको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्म ‘एक्टर’सुटिङ सकिएको छ। निर्माण पक्षले गीतको मात्र सुटिङ बाँकी राख्दै दुई चरण गरी ४५ दिनमा फिल्मको छायांकन सकाएको हो।

निर्माण टिमले पोखरामा १० दिन खिचेपछि बाँकी सिन काठमाडौंमा खिचेको हो। फिल्मका निर्माता थमन कुमार भण्डारीका अनुसार अब फिल्मको एउटा गीत खिच्न बाँकी रहेको छ।

उनले पत्रकारसँगको कुराकानीमा भने,’समय लगाएरै फिल्मको छायांकन सकिएको छ । सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं।’

Chaka Panja

उनले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। उनले थपे,‘फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ।’

राजन भुसालको डेब्यु निर्देशनमा खिचिएको यो फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी,राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट,अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन्। नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन्।

यो फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.