सुचना, समाचार र मनोरन्जन

आफ्नो जन्मदिनमा गायिका एलिना चौहानले गरिन विपन्न व्यक्तीलाई सहयोग,स्वयम्भुका बादरलाई केरा

काठमाडौं :

नेपाली कलाकारहरु आफ्नो चर्चाका लागि महँगो रेस्टुरेन्टमा आफ्नो जन्मदिन मनाउने गरेका छन्। कोही कलाकार अनाथालयमा पुगेर त्यहाँ रहेका मानिसलाई खाना खुवाएर फोटो खिच्छन्। तर गायिका एलिना चौहानको जन्मदिनमा भने अलिक फरक देखियो। उनले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंका सडक किनारमा व्यापार गरेर बस्ने विपन्न व्यक्तिलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै स्वयम्भु क्षेत्रका रहेका बाँदरहरूलाई केरा खुवाएर मनाईन्।

शुक्रबार उनले आफ्नो जन्मदिन विशेष भएको बताउँदै विपन्नलाई सघाएकोदेखि भोकाएका बाँदरलाई केरा खुवाएका भिडियो सामाजिक सञ्जालमा राखेकी छन्। उनका वरिपरी न युटुबर थिए,न कोही मिडियाकर्मी। उनी आफैले गरेको कामलाई सामाजिक सञ्जालमा सेयर गर्दै गरेकी छन्। उनले भिडियोमा भन्छिन्, ‘अरु बेला म आश्रममा जान्थेँ । यसपटक मैले नयाँ कुरा सोचेकी छु । म कामलाई माया गर्ने मान्छे हो । म गरेरै खान्छु, मागेर खान्न भन्ने मान्छेलाई बाटोमा जहाँ भेट्यो त्यहीँ सहयोग गर्छु।’

Leave A Reply

Your email address will not be published.