सुचना, समाचार र मनोरन्जन

रामजीको ‘अन्धपथ’मा रामकाजीको निर्देशन,अभिनेता राजेश हमालले अभिनय गर्ने

काठमाडौं :

फिल्म ‘अन्धपथ’को घोषणा भएको छ। काठमाडौंमा बुधबार एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘अन्धपथ’को निर्माण घोषणा गरिएको हो। यहीँ फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो फिल्मको निर्मातामा रामजी लम्साल हुनुहुन्छ भने कथा पनि उनकै नै रहेको छ।

Chaka Panja

रामकाजी घिमिरेको लेखन÷निर्देशन रहने फिल्ममा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल),सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ।

अन्य कलाकार पनि छनोटको चरणमा रहेको निर्माता रामजीले बताए। युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा फिल्म निर्माण हुने निर्देशक रामकाजीले बताए। विसं २०८२ सालको असोज÷कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णली रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माता लम्सालले बताए। मुख्य सहायक निर्देशकमा रामशरण कोइराला रहेका छन् भने छायांकन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र शृंगारमा सन्तु तामाङ रहेका छन्।

Leave A Reply

Your email address will not be published.