सुचना, समाचार र मनोरन्जन

स्वस्तिमा र मुकुनको ‘बुलबुल’, भ्यालेन्टाइन डेका दिन एमएसएम एपमा रिलिज गरिने

काठमाडौं :

सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डेका दिन रिलिज हुने भएको छ। निर्माण पक्षले सन् २०२५ को फेब्रुवरी १४ मा रिलिज गर्ने भएको हो।

एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमार्फत यो फिल्म दर्शकले हेर्न पाउनेछन्। फिल्मका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताए।

उनले यो फिल्म कहाँबाट कतिले हेरे र कति आम्दानी भयो भन्ने सबै निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा फिल्म निर्माताका लागि र दर्शकको लागि पनि घरमै बसीबसी विभिन्न प्लेटफर्ममा आफनो समयअनुसार हेर्न पाउने बताए। यो फिल्मबाट अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन्।

निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए। यो फिल्मले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य फिल्म महोत्सवमा पनि छानिएको थियो। फिल्ममा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ। मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए। यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ।

Leave A Reply

Your email address will not be published.