सुचना, समाचार र मनोरन्जन

गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मङ्गले’निर्माण गर्ने

काठमाडौं :

४ हजार भन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले फिल्म निर्माणको घोषणा गरेका छन्। ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ुमालती मङ्गलेु शीर्षकमा फिल्म निर्माण गर्ने औपचारिक जानकारी दिएका छन्।

उनका अनुसार यो फिल्म केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो। नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको फिल्मसँग पुरानो सम्बन्ध छ। उनले सन् वि.सं. २०५८० मा निर्माण भएको फिल्म आशीर्वाद मा अभिनय गरेका थिए। उक्त फिल्म उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए। आशीर्वादु ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन्।

‘समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ,’उनले लेखेका छन्,‘अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ। तर, यस पटक भूमिकामा परिवर्तन आएको छ। अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदै छु।’
सङ्गीतलाई जीवन मानेका ढकालले फिल्म ‘मालती मङ्गले’ उनका लागि विशेष महत्त्व राख्ने उल्लेख गरेका छन्। थप लेख्छन्,‘यो फिल्मले मेरा सपनाहरूको एउटा ठुलो हिस्साको प्रतिनिधित्व गर्छ। म सबै दर्शक, फिल्म प्रेमी, शुभचिन्तक र सङ्गी(साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु।’

यो फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ भने फिल्मलाई निर्देशन प्रकु पाण्डे (प्रकाश)ले गर्नेछन् । कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहने यस फिल्मको अन्य टिमबारे जानकारी दिन बाँकी रहेको ढकालको भनाई छ।

Leave A Reply

Your email address will not be published.