सुचना, समाचार र मनोरन्जन

अनिल र सुमिनाको ‘चिरविर गर्ने भङ्गेरा’

काठमाडौं :

गायक अनिल लामा र गायिका सुमिना लो स्वरमा रहेका ‘चिरविर गर्ने भङ्गेरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई निर्माण टिमले युटुबमार्फत रिलिज गरेको हो।

तामाङ्ग सेलोमा रहेको यस गीतमा शब्द जिवन बोमजन,संगीत चन्द्र कुमार दोङको छ। त्यस्तै गीतको संगीत संयोजन दिपेश प्रधानको छ।गीतको भिडियोमा रोशन गुरुङ र रिया लामाको अभिनय रहेको छ।

साथमा भिमफेदी गाइजको नृत्य पनि गीतको भिडियोमा देख्न सकिन्छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामाको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो। भिडियोमा प्रजिता लामाले लगानी गरेकी हुन।अनिल लामाको यसअघि ‘सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.