सुचना, समाचार र मनोरन्जन

अनिल र सुमिनाको ‘चिरविर गर्ने भङ्गेरा’

काठमाडौं :

गायक अनिल लामा र गायिका सुमिना लो स्वरमा रहेका ‘चिरविर गर्ने भङ्गेरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई निर्माण टिमले युटुबमार्फत रिलिज गरेको हो।

Chaka Panja

तामाङ्ग सेलोमा रहेको यस गीतमा शब्द जिवन बोमजन,संगीत चन्द्र कुमार दोङको छ। त्यस्तै गीतको संगीत संयोजन दिपेश प्रधानको छ।गीतको भिडियोमा रोशन गुरुङ र रिया लामाको अभिनय रहेको छ।

साथमा भिमफेदी गाइजको नृत्य पनि गीतको भिडियोमा देख्न सकिन्छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामाको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो। भिडियोमा प्रजिता लामाले लगानी गरेकी हुन।अनिल लामाको यसअघि ‘सोल्टेनी मैच्याङ’शैलुङ्गे मेला’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.