सुचना, समाचार र मनोरन्जन

एञ्जिलाको ‘तिमीसँग’को भिडियो रिलिज

काठमाडौं :

गीतकार हिमांसु रायमाझी ‘गोधुली’को शब्द रचनामा ‘तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ। एनको गीतमा गायिका एञ्जिला श्रेष्ठले स्वर दिएकी छन्।

गायिका श्रेष्ठको एकल स्वर रहेको गीतमा संगीत नेपाल आइडल पहिलो संस्करणका विजेता बुद्व लामाले गरेका छन्। प्रज्वलजंग कार्कीको ब्यानरमा निर्माण भएको हो गीतको भिडियोलाई गायिकाले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन्।

गीतको भिडियो निर्माण तथा सम्पादन ओभी फिल्मस्लले गरेको हो । भिडियोमा एञ्जिलाको एकल अभिनय रहेको छ ।गीतकार रायमाझीका यस अघि थुप्रै गीतहरु चर्चामा आएका थिए। उनी पछिल्लो समय गीत लेखनमा सक्रिय गीतकार समेत हुन्।

Leave A Reply

Your email address will not be published.