सुचना, समाचार र मनोरन्जन

राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को धमाधम डबिङ

काठमाडौँ :

राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’को डबिङको काम सुरु भएको छ। निर्देशक गिरीले फिल्मको डबिङ सुरु भएको जानकारी दिएका छन्।

Pach Pandav

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ । उनीहरुले आफ्नो समय अनुसार फिल्ममा आफ्नो स्वरांकन भरिरहेका छन्।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । यस फिल्ममा लगानी हरिबहादुर थापा र शंकर गिरीले गरेका छन् भने फिल्मको सम्पूर्ण छायाँकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत रहेको यस फिल्ममा कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

Leave A Reply

Your email address will not be published.