सुचना, समाचार र मनोरन्जन

अनमोलको ‘जेरी अन टप’को गीत युटुबबाट गायब

काठमाडौं :

घटस्थापनाको दिन धुमधामले रिलिज भएको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ अचानक युट्युबबाट गायब भएको छ। रिलिज भएको २४ घण्टा नपुग्दै हटाइएको गीतले ५ लाखभन्दा बढी भ्यूज पाइसकेको थियो।

तर, फिल्मका निर्माता सरोज न्यौपानेले यसलाई ‘टेक्निकल समस्याका कारण गीतलाई अटाइएको जानकारी दिएका छन्। गीत हटेपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले पनि फेसबुकमार्फत फ्यानसँग माफी माग्दै लेखेका छन्, ‘प्राविधिक कारणले गीत हटाउनुपर्‍यो, तर चिन्ता नलिनुस्, नयाँ संस्करण चाँडै आउँछ।’

फिल्म ‘जेरी अन टप’ यही असोज ३१ गते रिलिज हुँदैछ, जसमा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, माग्ने बुढा, भुवन केसी र सुरक्षा पन्त समेत देखिँदैछन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।

Leave A Reply

Your email address will not be published.