सुचना, समाचार र मनोरन्जन

अनमोल केसी अभिनीत ‘जेरी अन टप’ देशव्यापी प्रदर्शनमा

तीन घण्टे त्रिकोणात्मक प्रेमकथामा अनमोलको प्रमुख भूमिका

काठमाडौँ  :

नेपाली फिल्म उद्योगका स्टार अभिनेता अनमोल केसी अभिनीत नयाँ फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत रिलिज गरिएको यो फिल्मले देशभर २०० भन्दा बढी शो पाएको छ।

सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्म करिब तीन घण्टा लामो त्रिकोणात्मक प्रेमकथा हो, जसमा अनमोलले आफ्नो करियरकै फरक रूप देखाउने प्रयास गरेका छन्। फिल्मको कथा पर्वतीय यात्रासँग जोडिएको छ, जसमा प्रेम, मित्रता र आत्म–खोजको कथालाई देखाइएको छ।

फिल्ममा अनमोलसँगै केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीलगायत कलाकारको अभिनय रहेको छ। अभिनेत्री सुरक्षा पन्तले पनि फिल्ममा विशेष भूमिकामा अभिनय गरेकी छन्।

‘जेरी अन टप’ मा अनमोलले प्रस्तुत गरेको नयाँ अभिनय रूप र परिपक्व अभिव्यक्तिलाई दर्शकले कसरी ग्रहण गर्छन् भन्ने उत्सुकता उद्योगमा देखिएको छ। उनको फिल्म ‘जेरी’ पछि आएको यो सिक्वेलजस्तो भावनात्मक निरन्तरता बोकेको चलचित्रलाई फिल्मकर्मीहरूले उनको क्यारियरको ‘टर्निङ प्वाइन्ट’का रूपमा हेरिरहेका छन्।

फिल्मको प्रस्तुति सरोज न्यौपानेले गरेका छन् भने रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सह–निर्माता रहेका छन्। कथा हेमराज बिसी, पटकथा विश्वास तिम्सिना, कार्यकारी निर्माता अनुराधा गिरी र ईश्वर श्रेष्ठ हुन्। दिलिप रेग्मीले छायाङ्कन र निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

Leave A Reply

Your email address will not be published.