सुचना, समाचार र मनोरन्जन
IVF New Banner

अडिक नभएका अनमोल,फिल्म छाड्नेमा माहिर

काठमाडौं :

फिल्म निर्माताले आफ्नो फिल्ममा अनमोल केसीलाई अभिनय गराउन चाहान्छन्। उनको डिमाण्ड ५० लाख तिर्न पनि तयार हुन्छन्। उनको बजार गतिलो नभएता पनि निर्देशक फिल्ममा खेलाउन अनमोल नै रोज्छन्। उनी अभिनित फिल्म ‘छड्के २’ले आफ्नो पारिश्रमिक जति पनि उठाउन सकेन।

Safal

तर, अनमोल केसीलाई आफ्नो फिल्ममा लिनका लागि साइन गराउने निर्माताहरुले समेत धोका पाइरहेका छन्। अनमोलले फिल्ममा काम गर्नका लागि साइन मात्र होइन पेश्की नै लिने गरेका छन्। तर, पछि फिल्म नगर्ने भन्दै पेश्की फिर्ता गरेका धेरै घटनाहरु रहेका छन्।

IVF Post

यस कारण अनमोललाई फिल्म सुटिङमा नजाउन्जेल भर पर्दा अभिनेताका रुपमा लिन थालिएको छ। समय समयमा उनले, फिल्म साइन गरेर छाड्दै जाँदा उनको काम गर्ने शैली माथि प्रश्न उठ्ने गरेका छन् ।

केहि वर्ष अघि अनमोलले फिल्म ‘धूपौरो’ छाडेका थिएन। उनले छाडेको यो फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन। त्यस्तै उनले छाडेको अर्को फिल्म ‘ब्याचर बन्टी’ हो। जसलाई मिलन चाम्सले निर्देशन गर्ने भनिएको थियो। यो फिल्ममा अनमोलले नखेलेपछि फिल्म बन्न सकेन।

उनले छाडेको अर्को फिल्म हो,‘हनी बनी’। लकडाउनको समयमा अनमोलले साइन गरेरको फिल्म ‘एक्स ९’ निर्माण थियो । यो फिल्ममा उनले पेश्की लिएर नै छाडेको बताइएको छ। फिल्म सुटिङ ढिला भएको भन्दै अनमोलले फिल्मबाट हात झिकेका थिए। यस फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी थियो। अहिले आएर अनमोलले फिल्म ‘रावायण’ पनि छाडेछन् ।

Leave A Reply

Your email address will not be published.