सुचना, समाचार र मनोरन्जन

अनमोल केसीका दुःख : प्रहरी हिरासत देखि अदालतको ढोकासम्म

काठमाडौँ :

अभिनेता अनमोल केसीले कहिलै पनि नसोचेको घटना व्यहोरी रहेका छन्। कहिलै प्रहरी हिरासतमा बसिएला र बयानका लागि अदालत पुगिएला भन्ने उनले कल्पना समेत गरेका थिएनन्। तर, अहिले उनी शुक्रबारबाट प्रहरी हिरासतमा रहेका छन् भने आइतबार जिल्ला अदालत काठमाडौँ पुगेका छन्।

फिल्म निर्मात्री सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई ‘आपराधिक विश्वासघात’ को अभियोगमा शुक्रबार साँगाबाट पक्राउ परेका थिए। एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

पक्राउ परेका अनमोललाई आइतबार प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा लगेको थियो। यस अघि उनलाई टेकुस्थित प्रहरी परिसरमा प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनले आफूले लिएको पैसा फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले पैसा फिर्ता लिन नमानेको बताए ।

उनले प्रहरीलाई भनेका छन्,‘फिल्मको स्क्रिप्ट मन नपरेपछि फिल्म खेल्न अस्वीकार गरेको हुँ । फिल्म खेल्न अस्वीकार गरेपछि मैले पैसा फिर्ता लैजानुस् भनेको हो तर आफूले लिएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले लिएनन्।’

Leave A Reply

Your email address will not be published.