Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गुहेश्वरीमा ‘अक्षरा’को शुभमुहूर्त, बिनयराज पौडेलको निर्देशन डेब्यु
- ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ लिरिकल र्याप भर्सन सार्वजनिक
- सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, नाजीर हुसेन पनि सम्मानित
- रितेशको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन
- ‘अक्षरा’को शुभमुर्हूत भएकै दिन ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध
- फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
- परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
- पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?
- लाग्यो उभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरू
- गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
अन्नपूर्णमा स्थलगत भुक्तानी शिविर
म्याग्दी,
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ ।
गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ति शिविरमार्फत वडा कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी सेवा दिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल र लेखा अधिकृत नवीन पौडेल सहितको टोलीले बिहीबार वडा नं १ दोवामा घुम्ती शिविर मार्फत योजनाको स्थलगत भुक्तानीसम्बन्धी सेवा दिएको जनाइएको छ ।
“गाउँपालिका कार्यालय आउनजान अपायक पर्ने उपभोक्ता समितिको सहजताका लागि हामीनै वडामा पुगेर स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र भुक्तानीसम्बन्धी सेवा दिन थालेका हौ,” उनले भने “वडाका जनप्रतिनिधिमार्फत आवश्यक कागजात र प्रतिवेदन तयार पारेपछि गाउँपालिकाबाट वडामै पुगेर भुक्तानी दिने नयाँ अभ्यास गरिएको हो ।”
हालसम्म चार वटा उपभोक्ता समितिले वडाबाटै भुक्तानी पाइसकेका छन् । एउटा उपभोक्ता समितिको बिल नमिलेपछि कागजात मिलाएर गाउँपालिकामा आउन सुझाव दिएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।
गाउँपालिकाले यसअघि वडा कार्यालयमा पुगेर योजना सम्झौता र उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको थियो । वडामै भुक्तानीसम्बन्धी सेवा पाउँदा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पालिकाको केन्द्रमा पुग्ने झञ्जट हट्नुका साथै खर्च र समयको बचत भएको अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताए।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ११३ वटा पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेको छ । त्रियासी वटा योजनाका उपभोक्ता समितिले भुक्तानी लगिसकेका छन् भने ३१ वटाको बाँकी छ । ठेक्का तथा कोटेशनमार्फत सञ्चालित १८ वटा योजनामध्य आठ वटाको भुक्तानी भएको र १० वटा बाँकी रहेको जनाइएको छ ।