सुचना, समाचार र मनोरन्जन

अनुपविक्रम शाही सलमान खानसँग भारतमा फिल्म प्रचारमा निस्कँदै

काठमाडौं :

 एक महिनाअघि अभिनेता अनुपविक्रम शाहीले भारतीय अभिनेता सलमान खानसँगको तस्बिर सार्वजनिक गरेका थिए। सलमानले धाप मारेको तस्बिर सार्वजनिक गर्दै उनले बलिउड फिल्म खेल्न लागेको उल्लेख गरेका थिए। नभन्दै, यतिबेला उनी आफ्नो बलिउड डेब्यु फिल्म ‘ब्याटल अफ गलवान’ को प्रवर्द्धनमा सहभागी हुने भएका छन्।

अपूर्व लाखिया निर्देशित उक्त फिल्मको प्रदर्शन मिति समेत तय भइसकेको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी १७ अप्रिल मा प्रदर्शनमा आउनेछ। हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य भइरहेको छ भने अनुपविक्रम शाहीको पार्टको डबिङ अझै बाँकी रहेको बताइएको छ।

शाहीले सलमान खानसहित फिल्मको टिमसँग मिलेर भारतमा फिल्मको प्रचार–प्रसार गर्ने तयारी गरिरहेका छन्। यस फिल्मको प्रचार सम्पन्न भएपछि उनी भुटानमा निर्माण हुन लागेको जम्बोई फिल्म ‘टनल २६’ मा काम गर्न थिम्पु जाने चर्चा समेत चलिरहेको छ।

यसअघि नेपाली कलाकारहरुले बलिउडमा सोचे अनुसारको छाप छोड्न सकेका छैनन्। अभिनेत्री मनिषा कोइराला बाहेक सुनिल थापा,भोलाराज सापकोटा,अदिती बुढाथोकी लगायतका कलाकारहरुको सानो दृश्यमा नै चित्त बुझाउनु परेको थियो। अब अनुपबिक्रमको भुमिका कस्तो रहला त्यो भने भने फिल्म प्रदर्शन भएपछि नै थाहा हुनेछ। तर नेपाली कलाकारको भारतिय पर्दामा सोचे अनुसारको प्रभाव देखिदैन।

Leave A Reply

Your email address will not be published.