सुचना, समाचार र मनोरन्जन

अपराधिक घटनाविरुद्धको संघर्ष बोकेको ‘खोजतलास’ को काठमाडौंमा विशेष शो

काठमाडौं :

यल्ली वूूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ । दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा समाजमा घटने आपराधिक घटनाविरुद्धको संघर्षलाई देखाइएको छ।

फिल्ममा रुद्र पाहिम, विमला खजुम, पुष्पाञ्जली लिम्बु, पुजा गिरी, शैलेन्द्र नाल्बो, राजकुमार शाह, रोहन सेन्चुरी, सागर केरुङ, तेज मेन्याङबो, राजु घिमिरे, दिपेन्द्र नाल्बो, शर्मिला शर्मा दिलिप योङहाङ र पुर्ण सेलिङको अभिनय छ ।इलाम, पाँचथर, झापा काठमाडौमा छायांकन गरिएको यस फिल्ममा विकास चौधरी र रोशन वान्तवा राईको संगीत, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्ध, शिव ढकाल, हेमन योन्जन र ज्ञानु राईको छायांकन छ ।

शैलेन्द्र नाल्बो निर्माता रहेको यो फिल्म युके, अमेरिका, हङकङ, अष्टे«लियालगायतका देशमा प्रदर्शन गरिएपछि मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.