Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित
- सिक्किममा पहिलोपटक गुञ्जनेछ नेपथ्य,‘सेलिब्रेट सिक्किम’ कन्सर्टको घोषणा
- ‘माया भनेकै यस्तो होला’मा प्रेम र बाध्यताको चेपुवामा दिल
- ‘रोड टु एभरेस्ट’ वृत्तचित्रको ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको झलक
- पल र अन्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ बाट रिलिज
- अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ शुभमुहूर्त
- पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार होः मन्त्री पौडेल
- राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
- ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
- ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
काठमाडौँ,
इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।
खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।
अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो ।
Prev Post